मन्त्रिपरिषद्को निर्णयः प्राधिकरणको अध्यक्ष नियुक्ति, बढुवादेखि मन्त्रीको विदेश भ्रमण स्वीकृतसम्म


काठमाडौं, १३ फागुन । सरकारले नेपाल विमा प्राधिकरणको अध्यक्षमा शरद ओझा (कञ्चनपुर) लाई नियुक्त गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले ओझालाई अध्यक्ष पदमा नियुक्त गर्नेदेखि लिएर विभिन्न १५ वटा निर्णय गरेको हो ।

त्यसैरी, मन्त्रिपरिषद्ले फागुन १८ गतेदेखि २२ गतेसम्म भारतमा हुने कार्यक्रममा सहभागी हुन खानेपानी मन्त्रीलाई स्वीकृति दिएको छ । त्यसैगरी नेपाली सेनाको महासेनानी पदमा एक जना र सहायक रथी पदमा एक जनालाई बढुवा गर्ने निर्णयसमेत गरेको छ ।