काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका ज्योतिषीको रुपमा परिचित सुरेशचन्द्र रिजालले कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धनलाई आगामी चैत १५ पछि महाखड्गो रहेको बताएका छन् । आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सत्ता गठबन्धनविरुद्ध महाखड्गोको योग बनिरहेको खुलासा गरेका हुन् । उनले आगामी चैत १५ पछि विशेष सावधानी अपनाउनुपर्ने बताए ।
‘अहिले ग्रहहरुको चाल राम्रो तरिकाले चलेको छैन । ग्रहहरुको चाल उल्टो दिशातर्फ चलिरहेको छ । चैतको १५ गते कटिसकेपछि सत्ता गठबन्धनलाई महाखड्गोको योग बन्दैछ । सावधानीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता छ । त्यहाँ केही समस्याहरु देखापर्छन्, विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ,’– उनले भने ।




प्रतिक्रिया