काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज हुने नेपाल र म्यानमारबीचको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन् । उपाधिको लागि आज दुई देश साँझ ६ बजे आमनेसामने हुँदैछन् ।
यस प्रतियिोगितामा चार देशले भाग लिएका थिए । उपाधिको लागि नेपाल र म्यानमारले भिडन्त पक्का बनाएका हुन् । प्रतियोगितामा म्यानमारले शीर्ष स्थान हाँसिल गर्दै फाइनलको यात्रा तय गरेको हो भने नेपाल दोस्रो हुँदै उपाधि भिडन्तको लागि पुगेको हो ।




प्रतिक्रिया