काठमाडौं, १४ फागुन । महाशिवरात्रि मनाउन गएका ७५ जना पशुपति क्षेत्रबाट पक्राउ परेका छन् । शंकास्पद गतिविधिमा संलग्न र अभद्र व्यवहार गर्नेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त गौशालामा राखिएको छ । पक्राउ परेका सबै पुरुष हुन् । शिवरात्रिको अवसरमा पशुपति परिसरमा दर्शनार्थीहरुको भीड लागेको छ ।
पशुपति परिसरमा सुरक्षा व्यवस्था कडा गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका आज बिहान दुई बजेदेखि नै खुला गरिएको थियो । दुई बजेदेखि नै पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।




प्रतिक्रिया