परराष्ट्रमन्त्री राणाद्धारा संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तसँग भेटवार्ता


काठमाडौं, १४ फागुन । जेनेभा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त भल्कर टकसँग भेटवार्ता गरेकी छिन् । युएनको मानवअधिकार परिषदको ५८औं उच्चस्तरीय सत्रमा भाग लिनको लागि मन्त्री राणा जेनेभामा छिन् ।

सो क्रममा उनले आज (बुधबार) उच्च आयुक्त टकसँग साइडलाइन भेटवार्ता गरेकी हुन्। भेटका अवसरमा मन्त्री राणाले आफूले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा विश्वकै उदाहरणीय एवं पथप्रदर्शक राष्ट्र रहेको भन्दै सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहिआएको धारणा राखेको जनाएकी छिन् ।

सो अवसरमा उनीहरुबीच नेपालको संक्रमणकालिन न्याय प्रक्रिया, जलवायु परिवर्तन, शान्ति, स्थायित्व र विकासको बारेमा छलफल भएको थियो ।