काठमाडौं, फागुन १५ । नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत बिहीबार सुनसरीमा कार्यक्रम हुँदैछ । यसका लागि अध्यक्ष पुष्पकमल दाहालसहितको केन्द्रीय टोली सुनसरी पुगेको छ।
अध्यक्ष दाहालको सुनसरीको बर्जु–शुक्रबारे बजारमा सहिद गेट अवलोकन, उखु किसानसँग छलफलसँगै अभियानको शुभारम्भ हुने छ । यस्तै बर्जु ताल निरीक्षणपछि त्यही कोणसभा गर्ने कार्यक्रम गरिनेछ।
यसैगरी दिउँसो देवानगन्जमा कार्यकर्तासँग भेटघाटपछि हरिनगरका मुस्लिम समुदायसँग भेट्ने कार्यक्रम रहेको छ । हुलाकी राजमार्गकेन्द्रित अभियानअन्तर्गत सत्तेरझोडामा जनसभा, इनरुवा नगरपालिकाको जाल्पापुरमा नगर अधिवेशन उद्घाटन गर्दै कोसी गाउँपालिकामा जनभेटघाट कार्यक्रम छ ।
भोक्राहा नर्सिङ गाउँपालिकाका कार्यकर्ताहरूसँग भेटघाटलगायत एक दर्जन कार्यक्रमपछि साँझ वराहक्षेत्रको मधुवनमा बस्ने तालिका छ ।




प्रतिक्रिया