काठमाडौं, फागुन १५ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सन्तोषजनक काम नगरेको भन्दै ११ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधिएको छ। अनुगमन कार्यालयले आज सूचना जारी गर्दै ती निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको हो।
यसअघि ३० दिनको स्पष्टीकरण सोधिएको उल्लेख गर्दै कार्यालयले निर्माण व्यवसायीहरुलाई सूचना जारी भएको एक हप्ताभित्र लिखित स्पष्टीकरण नआए कारबाही गर्ने चेतावनी दिएको छ ।
जसमा जनकपुरका शिव कुमार महतोको सिंह कन्स्ट्रक्सन, निरज कुमार मिश्रको एसडी कन्स्ट्रक्सन, राधेश्याम झाको शिवम् कन्स्ट्रक्सन रहेका छन्। यस्तै कार्लमाक्स श्रेष्ठको राजिता निर्माण सेवा सुर्खेत, सोना उल्लाह खाँको विपिन कन्स्ट्रक्सन पाल्पा, भिम तामाङको ए एण्ड डी कन्स्ट्रक्सन, गोपाल प्रसाद घिमिरेको सूर्यविनायक कन्स्ट्रक्सन दाङलाई समेत स्पष्टीकरण सोधिएको छ ।
कार्यालयले श्याम कुमार श्रेष्ठको बीटी-जयबाबा जेभी काठमाडौं, तिलकबहादुर मल्लको आकांक्षा कन्स्ट्रक्सन काठमाडौं र बिना बीसीको यज्ञश्वरी निर्माण सेवा बाँकेलाई पनि स्पष्टीकरण दिन भनेको छ ।





प्रतिक्रिया