झापामा रिसाएका नारायणकाजी सुनसरीमा जोडिए


काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी तराई-मधेश जागरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुन: जोडिएका छन् ।

सोमबारबाट सुरु भएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको तराई-मधेश जागरण कार्यक्रममा रिसाएका वरिष्ठ उापध्यक्ष श्रेष्ठ आज सुनसीबाट सो अभियानामा जोडिएका हुन् ।

सम्बोधन गर्नेक्रममा आयोजकसँग रिसाएका श्रेष्ठ झापाको बाह्रदशीमा भएको कार्यक्रममा देखिएका थिएनन् । मंगलबार बिहान मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा भएको कार्यक्रममा समेत उनी देखिएका थिएनन् । उनी उक्त कार्यक्रम छाडेर चितवन पुगेका थिए । आज भने सुनसरीमा फेरि जोडिएका छन् ।