फेरि सर्‍यो प्रेस चौतारीको महाधिवेशन मिति, अब कहिले ?


काठमाडों । सत्तारुढ दल नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको मिति फेरि सरेको छ ।

कोशी प्रदेशको राजधानी विराटगरमा यही २६ र २७गते गर्ने निर्णय भएकोमा व्यस्थापन लगायतका प्राविधिक कारणले पूर्व निर्धारित मिति परिवर्तन भएको चौतारीले जनाएको छ ।

फागुन ११ गते संगठनका अध्यक्ष गणेश वस्नेतको अध्यक्षता र एमालेका स्थायी कमिटि सदस्य तथा संगठनका इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकले संगठनको १० औं राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा चैत १० र ११ गते विराटनगरमा गर्ने निणय गरेको संगठनका महासचिव हिरामान लामाले जानकारी दिए ।