काठमाडौं, १५ फागुन । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासवानले मुक्कुम्लुङ संरक्षणका पक्षधरलाई राज्यले बर्बतापूर्ण दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । आज (बिहीबार) मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले तानाशाही आदेश दिने ओलीलाई नैतिकताको आधारमा प्रधानमन्त्रीको पदमा बस्न नसुहाउने बताएका हुन् ।
‘केपीजी तपाईँले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था देखिएको छ । केपी ओलीले जुन तानाशाही आदेश दिनुभएको छ भने यो क्षमायोग्य छैन । मेरो आग्रह छ– टीकापुरको घटनामा जुन षड्यन्त्र भयो, त्यो षड्यन्त्र मुक्कुम्लुङ संरक्षणको अभियानमा नहोस् । आन्दोलनकारी साथीहरु हामी सबै सचेत छौं,’– उनले भने ।
उनले आफ्ना नागरिकमाथि हत्या, हिंसा, अत्याचार, शोषण, दमन, बलात्कार र हाम्रो संस्कृतिमाथि तानाशाही प्रवृत्ति देखाउनेहरुलाई राज्य सत्तामा बस्ने नैतिक अधिकार नरहेको बताए । प्रधानमनत्री ओलीलाई भ्रष्ट सरकारको नाइको संज्ञा दिँदै उनले नो केबलबार पक्षधरसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न र केबलकार निर्माण कार्य रोक्न सुझाव दिए । ‘भ्रष्ट सरकारका नाइके, संरक्षक केपी ओलीले अब सुधार गर्नुपर्ने बेला भएको छ । आजैबाट वार्ता सुरु गरेर समस्या समाधान गर्नुस् । केबलकार रोक्नुस्,’– उनले भने ।




प्रतिक्रिया