केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदैछु, सबैलाई त्यहाँ भेटौँला: बफोन


काठमाडौं । राजधानीमा जारी ‘केपी ओली कप फुटबल’ को फाइनल हेर्न फिफा विश्वकप विजेता इटालीका गोलकिपर जियानलुजी बफोन नेपाल आउने भएका छन । उनी आइतबार साँझ फाइनल खेलका लागि नेपाल आइपुग्ने भएका छन् ।

उनले आज एक भिडियो सन्देश पठाउँदै आफू नेपाल आउन लागेको जानकारी गराएका छन् । केपी ओली कपको फाइनल आउने सोमबार दशरथ रंगशालमा हुनेछ । उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् ।

बफोनले आज भिडियो सन्देशमा भनेका छन्‘नमस्ते सबैजनालाई । जिजी बुफोन हेयर । म मार्च पहिलो साता केपी ओली कपको फाइनलको चिफ गेस्टको रुपमा आउँदैछु । सबैलाई त्यहाँ भेटौँला’।