सांसद ढकालले गरे मालद्वीपका सभामुख अब्दुल्लासँग शिष्टाचार भेट


काठमाडौं । प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मालद्वीपका नबनिर्बाचित सभामुख अब्दुल रहीम अब्दुल्लासंग शिष्टाचार भेट गरेका छन्।

बिहीबार मालद्वीपको संसद भवनमा भएको भेटमा द्विपक्षीय हित, संसदीय आदानप्रदान अभिबृद्धि र क्षेत्रीय स्तरमा सहकार्य गर्ने बारे छलफल भएको ढकालको सचिवालयले जनाएको छ।

सांसद ढकालले नेपालका सभामुख देबराज घिमिरेको तर्फवाट मालद्वीपका सभामुख अब्दुल रहीम अब्दुल्लालाइ शुभकामना दिदै सार्क मुलुकका सभामुख र सांसदहरु बीचको आदानप्रदान बढाउनु पर्ने धारणा राखेका छन् ।

सभामुख अब्दुल रहीम अब्दुल्लाले नेपाल र मालद्वीप असल मित्रराष्ट्र रहेको बताएका छन् । पूर्वमन्त्री समेत रहेका ढकाल मालद्वीपको २ दिने मैत्रीपुर्ण भ्रमणमा छन्। ढकाल प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य हुन्। नेपाल र मालद्वीप बीच सन् १९८० मा कुटनैतिक सम्बन्ध स्थापना भएको हो।