काठमाडौं । सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार भुकम्पमा परेर ६ जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ । त्यस्तै ४ घरमा क्षति पुगेको छ । तीन घरमा आँशिक र एक घरमा पूणरुपमा क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै भूकम्पपछि तीन घर परिवार विस्थापीत भएका छन् भने एउटा प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।
भूकम्पका कारण पहिरो समेत गएको छ । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा पहिरो गएको हो । मानवीय बस्ती नभएको ठाउमा सुक्खा पहिरो गएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया