प्रकाशमानले फेरि सुनाए अहिलेको सरकार बन्नुको कारण


काठमाडौं, १७ फागुन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा व्याप्त राजनीतिक अस्थिरता चिर्नको लागि दुई ठूला दल मिलेर सरकार बनाएको दाबी गरेका छन् । उनले अहिलेको सरकारले राजनीतिक स्थायित्वमार्फत मुलुकलाई समृद्ध बनाएरै छोड्ने विश्वास दिलाएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले यस्तो बताएका हुन् । उनले पटक पटक सरकार चेञ्ज हुँद जनतामा चरम निराशा छाएको र विकास निर्माणको काम पनि ठप्प भएको सुनाए । त्यसलाई अन्त्य गर्नको लागि नै आफूहरु मिलेको उनको भनाई छ ।

उनले अहिले व्याप्त नकारात्मक कुरालाई चिर्नको लागि पनि अपिल गरे । सबैले आफ्ना कमिकमजोरीहरुलाई पहिचान गर्दै जनतालाई विश्वास दिलाएर अघि बढ्नुपर्ने उनको भनाई छ । अधिकारको कुरा गर्नेलाई आफ्नो दायित्वपनि सम्झिन उनले आग्रह गरे । file photo