काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता असफल हुनुले खतरा निम्त्याएको टिप्पणी गरेका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । नेता खड्काले यसबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताए ।
अब नेपालले दीर्घकालीन हित र उन्नति तल्लिन र एकतावद्ध भएर गम्भीरतापूर्वक अगाडि बढ्नुपर्ने उनको भनाइ छ । कुनै देशमा भर पर्यो भने त्यसले राष्ट्रलाई कमजोर बनाउँदो रहेछ भन्ने कुरा नेपालले सिक्नुपर्ने उनले बताए ।
‘ट्रम्प र जेलेन्स्कीको वार्ता भंग भयो, असफल भयो । त्यसले एउटा खतरा निम्त्याएको छ । त्यसबाट हामीले सिक्ने पाठ चाहीँ के भनेदेखि ठूलो राष्ट्र भनेर उनीहरु कसैले पनि माया गर्दैन । हामीले सबैतिर अत्यन्त राम्रो सम्बन्ध राखेर बस्ने हो,’– उनले भने ।




प्रतिक्रिया