सानिमा रिलायन्स लाइफको १५ लाख ६३ हजार कित्ता सेयर बिक्री खुल्यो


काठमाडौं, फागुन १९ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ। संस्थापक सेयरधनीको नाममा रहेको सेयर खरिद गर्न इच्छुकले आजदेखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सेयर खरिद परिमाणसहित आवेदन दिनुपर्नेछ।

सेयर मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीको सूचनामा उल्लेख छ। तोकिएको समय संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिनेछ।