पूर्वाञचल विश्वविद्यालय गोठगाँउमा नेविसंघको ताला, अन्तरवार्ता स्थगित


काठमाडौं, १९ फागुन । नेपाल विद्यार्थी संघ देउवा पक्षले पूर्वाञचल विश्व विद्यालय गोठगाँउमा ताला लगाएको छ । गत फागुन १७ गते शनिवार नेवि संघका केन्द्रीय सदस्य सुविन पराजुलीको नेत्रित्वमा पूर्वाञचल विश्व विद्यालय गोठगाँउको सेवा आयोगको कार्यलयमा ताला लगाएको हो । शनिवार सेवा आयोगका अध्यक्ष महेश दाहालले कार्यलय खोली ५१ जना कर्मचारीको बढुवामा चलखेल गर्न खोजेको बताउदै देउवा पक्षधरले ताला लगाएको छ ।

तालाबन्दीको कारण सेवा आयोगले लिने भनिएको अन्तर्वाता स्थगित भएको छ । सेवा आयोगका अध्यक्ष दाहालले आफ्नो कार्यकाल सिकन एक महिना रहेको समयमा आन्तरीक बढुवामा चलखेल गर्न खोजेको भन्दै ताला लगाएको केन्द्रीय सदस्य पराजुलीले बताए । विधि विधान र न्याय सम्मत नरहेको कारण प्रकृया रोक्न र ताल लगाउन बाध्य भएको उनको भनाइ थियो ।

मोरङ नेपाली कांग्रेस कोइराला पक्षको पकड क्षेत्र मानिदै आएको छ । कांग्रेसको उत्पति र सुरुवाती ठूल्ठूला आन्दोलनहरु यही क्षेत्रबाट भएको हो । यस क्षेत्रमा कोइराला पक्षको बर्चस्व रहेको पाईन्छ । तर, पछिल्लो समय कोइराला पक्षले आफ्नो विरासत गुमाउदै गएको र भातृ संगठनहरु मिलाउन नसक्दा आफू–आफू बीच झडप हुने गरेको छ । यसको एउटा उदाहरण हो फागुन १५ गते बिहीबार विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूह बीच झडप हो ।

जिल्ला अध्यक्ष सरोज पोख्रेल महेन्द्र मोरङ क्याम्पसमा इकाइ कमिटी गठन गर्न जाँदा सोही क्याम्पसका इकाई कार्यवाहक अध्यक्ष प्रशान्त यादवले हाम्रो कलेजमा इकाई कमिटी गठन गर्ने अधिकार जिल्लालाई छैन भन्दै रोक लगाए पछि दुई पक्ष विच झडप भएको थियो । महेन्द्र मोरङ क्याम्पसमा नेपाल विद्यार्थी संघका दुई समूहबीच कुटाकुट गर्दा जिल्ला सभापति सरोज पोख्रेल घाइते थिए । कोइराला पक्षका पोख्रेल माथि छलफलकै क्रममा हातपात भएको कोइराला पक्षले आरोप लगाएको छ। स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादव लगायत समूहले आफूमाथि कुटपिट गरेको पोख्रेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडप भएको हो ।

त्यस्तै, फागुन १६ गते कोइराला पक्ष बाहेकका सिटोला पक्षका सुविन पराजुलीको नेत्रित्वको १२ जना केन्द्रीय सदस्यहरुले संयुक्त रुपमा नेविसंघ मोरङको अध्यक्षमा महेन्द्र मोरङ्ग कलेजका स्ववियु सह(सचिव मोहमद तनवीरलाई चयन समेत गरेको थियो । ‘नेपाल विद्यार्थी संघको विधान २०२७ बमोजिम अध्यक्ष चयन गरेको सो पक्षको दाबी छ । सो पक्षका केन्द्रीय सदस्यहरु अङ्कित भट्टराई, सुविन पराजुली, अभिषेक भट्टराई, विकास भण्डारी, दिपेन रौनियार, रोशन पराजुली, लक्ष्मीनारायण अधिकारी ९सरोज०, प्रमिला ढकाल ९एरिका०, सुमन ढकाल, दिवाकर यादव, विवेक लिम्बू र प्रज्वल पौडेलले तनवीरलाई अध्यक्ष चयन गरेका हुन् ।

यता नेपाल विद्यार्थी संघका सिटौला पक्षका केन्द्रीय सदस्य सुविन पराजुलीले महेन्द्र मोरङमा घटेको घटनाप्रति दुःख व्यक्त गर्दै अब संगठनमा कोइरालाको सेन्डिकेट र गुटको राजनिति अन्त्य गर्ने बताएका छन् । कोइराला पक्षले नेविसंघ महेन्द्र मोरङमा क्याम्पसमा इकाई गठन विषयमा सेन्डिकेट र गुटवन्दि गरि लामो समयदेखि विवाद सृजना गरेको आरोप लगाएका छन् । पराजुलीले भने ‘नेपाल विद्यार्थी संघमा कोइराला पक्षले गुटको राजनिति गरि सेन्टिकेट लगाएको छ जस्को असर नेवि संघ मोरङ चलयमान हुन सकेन, हामी त्यो सिस्टम तोड्छौ।’

मोरङमा नेवि संघ पुरानै परिपाटीमा चलेको र कोइरालाको गुटवन्दी रहेको बताउदै अब नेवि संघ नयाँ राजनिती आवस्यकता जनता र विद्यार्थीले खोजेको नेवि संघ बनाउने पराजुलीले बताए । ‘नेवि संघमा जिम्मेवारी दिने कुरामा समूह छुट्याउने कोइराला पक्ष जिल्ला पार्टी नेतृत्वले न्याय गर्छ भन्ने कुरा आम कार्यकर्ताले कसरी विश्वास गर्ने ?’ केन्द्रीय सदस्य पराजुलीले प्रश्न गर्दै भने, ‘हामीले दुई अढाइ वर्ष पर्खिएका हौं । नेविसंघमा कोइराला पक्षको भन्दा अरुलाई ठाउँ दिएनन् । जिल्ला पार्टीका सम्पूर्ण नेताहरुलाई सबै कुरा भनेका थियौं । तर, आज आएर महेन्द्र मोरङ क्याम्पसमा लफडा सिर्जना भयो। महेन्द्र मोरङ जुन कलेजमा नेवि संघले सहज रुपमा बिजय प्राप्त गर्ने अबस्था छ त्यहाँ आसन्न स्वाविवु निर्वाचनमा प्रभाव पार्ने गरी प्रहार भएपछि आज यो स्थिति सिर्जना भएको हो। महेन्द्र मोरङमा घटेको घटना प्रति एकदमै दुखी व्यक्त गर्दछु र उक्त घटनाको विषयमा सत्यतथ्य छानबिन हुन्छ भन्ने कुरामा विश्वस्त छु।’