काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई डिस्चार्ज भएकी छन् ।
९ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचाररत भट्टराई आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ज्वरो, रुघाखोकी र घाटीमा समस्या आएपछि उनी अस्पताल भर्ना भएकी थिईन । सुरुमा क्षयरोगको शंका गरेपनि क्षयरोगको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।
बायोप्सीको रिपोर्ट आउन अझै एक–दुई दिन लाग्ने अस्पतालले जनाएको छ । घाँटीको ग्रन्थी (ग्ल्यान्ड)मा संक्रमण बढेपछि बायोप्सी परीक्षण गरिएको थियो । अहिले उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही दिन आराम गर्न चिकित्सकले सुझाव दिएका छन् ।




प्रतिक्रिया