काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ। हार्टअट्याक भएपछि उनलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । उनलाई यो चौथो हृदयघात हो । यसअघि तीन पटक हृदयघात भइसकेको छ ।
शाह आइतबार बेलुकी नर्भिक अस्पताल भर्ना भएका थिए। उनको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ । पारस पूर्वराजा ज्ञानेन्द्रका छोरा हुन् ।




प्रतिक्रिया