ज्ञानेन्द्र र पारस बाँचुन्जेल गणतन्त्र ढुक्क छः मानवअधिकारकर्मी पहाडी (भिडिओसहित)


काठमाडौं, १९ फागुन । मानवअधिकारकर्मी कृष्ण पहाडीले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस रहुन्जेल नेपालको गणतन्त्र तलमाथि नहुने टिप्पणी गरेका छन् । आइतबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र र पूर्व युवराज पारसको पक्षमा जनता नउभिने बताएका हुन् ।

उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र र पूर्व युवराज पारस शाह हुन्जेलसम्म यो गणतन्त्र ढुक्क छ । उहाँहरु लामो बाँच्नुहोस् म त कामना गर्छु । तर, युवा पुस्ता आक्रान्त छ । पूर्वराजाको पक्षमा पनि जान सक्दैन, किनकी त्यो फालिइसकेको हो भन्ने, लोकतन्त्र फालिहालु भन्ने सक्दैन । तर, त्यो रिसाएको छ ।’