पूर्वराजा ज्ञानेन्द्र छिट्टै फर्किने, एयरपोर्टमा जम्मा हुन कमल थापाको उर्दी


काठमाडौं, १९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका त्रिभुवन विमानस्थलको गेट अगाडि उपस्थित हुन पार्टीका नेता, कार्यकर्ता, शुभचिन्तकलाई आग्रह गरेको छ । पूर्वराजा ज्ञानेन्द्र आगामी फागुन २५ गते दिउँसो साढे २ बजे पोखराबाट काठमाडौं फर्किने कार्यक्रम रहेको राप्रपा नेपालले जनाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपस्ति हुनका लागि आग्रह गरेको हो ।

राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिईएको सन्देशलाई सकारात्मक रूपमा ग्रहण गर्न सबै राजनीतिक दल, बुद्धिजीवी वर्ग, आमसञ्चार माध्यम तथा आमजनतालाई आह्वान गरेको छ । File Photo/RN