बिहीबार राष्ट्रिय सभामा दुई मन्त्रीसँग सांसद्को प्रश्नोत्तर हुने


काठमाडौं । बिहीबार बस्ने संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभाको बैठकमा दुई जना मन्त्रीसँग सांसद्को प्रश्नोत्तर हुने भएको छ ।

बिहीबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको प्रश्नोत्तर हुने तय भएको छ ।

त्यस दिनको सम्भावित कार्यसूचीमा दुई मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै अन्य केही विषय समावेश छ । दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकतासम्बन्धी प्रतिवेदन २०८० माथि छलफल गर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/०८१ को प्रतिवेदन पेस गर्ने तय भएको छ ।