सरकार अनेक सङ्कटको पोको बोकेर हिँडिराखेको छः झलनाथ खनाल


काठमाडौं, २० फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले अनेक सङ्कटको पोको बोकेर हिँडिरहेको टिप्पणी गरेका छन् । आज (मंगलबार) धनुषामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले दुई तिहाइको बर्कत सरकार भएपनि अध्यादेशमा सङ्कटको पोको बोकेर हिँडेको टिप्पणी गरेका हुन् ।

‘झन्डै दुई तिहाईको सरकार, भारी बर्कत सरकार भएपनि अनेक सङ्कट पोका बोकेर हिँडेको छ । एउटा पोको अहिले भर्खरै जारी गरिएको अध्यादेश हो,’– उनले भने ।

कुनैपनि कानुन सामान्य प्रक्रियामा गएर बनाउनुपर्ने बताउँदै उनले यसरी प्रक्रियामा आएका राम्रा कुरालाई मात्रै समर्थन गर्न सकिने बताए । उनले एकीकृत समाजवादीले वर्तमान सरकारले ल्याएका ६ वटै अध्यादेशमा कुनैपनि सहयोग गर्न नसक्ने पनि बताए ।

साथै, उनले आफ्नो पार्टी एकीकृत समाजवादीले अहिले कुनैपनि दलसँग एकीकरण नगर्ने बताए । उनले मुद्दाको आधारमा सहकार्य चाहीँ हुनसक्ने पनि सुनाए । File Photo/RN