पूर्वयुवराजको स्वास्थ्यमा सुधार


काठमाडौं, २० फागुन । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ । हृदयाघात भएपछि नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराजको स्वास्थ्यमा सुधार आएपछि आजदेखि आईसीयूबाट प्राइभेट वार्डमा सारिएको छ ।

उनलाई अहिलेसम्म चौथो पटक हृदयघात भइसकेको छ ।