काठमाडौं, २० फागुन । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले मन्त्रिपरिषद्को बैठकमा पेश हुने २० वटा एजेण्डामा १२ वटा विदेश भ्रमण स्वीकृतिको एजेण्डा आउन थालेको टिप्पणी गरेका छन् । आज (मंगलबार) नेपाल दूरसञ्चार प्राधिकरणको २७औं वार्षिकोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले मन्त्रीदेखि कर्मचारीहरु विदेश भ्रमणमा लिप्त भएको बताएका हुन् ।
विदेश भ्रमणमा जाँदा सरकारको धेरै खर्च भएपनि उपलब्धी भने केही नदेखिएको उनको टिप्पणी छ । उनले आफूले विभिन्न देशको विदेश भ्रमणमा नगएको बताउँदै भने, ‘मन्त्रिपरिषद्को बैठकमा २० वटा एजेण्डा भयो भने १२ वटा एजेण्डा चाहीँ विदेश भ्रमणको हुन्छ । प्रधानमन्त्रीज्यूले बारम्बार भनिरहनु भएको छ । विदेश भ्रमणमा किन जाने, किन लिप्त हुने ? यो चिज अन्त्य गर्नुपर्छ ।’




प्रतिक्रिया