काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश प्रचार प्रसार विभागका प्रमुख नितेशकुमार गुप्ताले मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई २९ प्रश्न गरेका छन् ।
मुख्यमन्त्री सिंहले मेधश प्रदेशमा स्टण्टबाजी चलाएर चर्चा बटुल्न खोजेको भन्दै गुप्ताले विभिन्न २९ वटा प्रश्न गरेका छन् ।
प्रदेशमा गरिने विकासका कार्यहरुमा भईरहेको ढिलाई, जनताहरुलाई भईरहेको असुविधा, तस्करहरुको हालिमुहाहली बढ्नु, विचौलियाहरुको बोलबाला हुनु, भ्रष्टाचारीहरु सलबलाउदै जानुलगायतका विभिन्न अवाञ्छित कार्यलाई रोक्न मुख्यमन्त्री सिंह असफल भएको भन्दै प्रश्न गरेका हुन् ।
गठबन्धन सरकारको धर्मलाई निर्वाह नगरी आफ्नै पार्टीका मन्त्रीद्धारा आर्थिक लेनदेन गरेर योजनाहरु वितरण गर्नेलाई कारवाही नगरी स्टण्टबाजी अभियानबाट रकमी चलखेलमा लागेर मधेश प्रदेश सरकारलाई बदनाम गराउने अभियानमा मात्रै मुख्यमन्त्री तल्लिन रहेको गुप्ताको आरोप छ ।
यस्ता छन् उनका प्रश्न
१. नेपाल भारतको सिमानामा तस्करी किन बन्द हुँदैन ?
२. यहाँ निमुखा गरिबहरूलाई निःशुल्क स्वास्थ्य उपचार किन पाउँदैन ?
३. कमिसनमा बजेट वितरण कहिले बन्द हुन्छ ?
४. मधेस प्रदेशमा अहिलेसम्म दुई प्रतिशत पनि बजेट खर्च नहुनुको मुख्य कारण के हुन् ?
५. मधेस प्रदेशको सुरक्षा व्यवस्थामा कमजोरी हुनुको मुख्य कारण के हो ?
६. मधेस प्रदेश सरकारी अस्पतालहरूमा गरिबहरूले समयमा उपचार पाउँदैन त्यसको कारण के होला ?
७. प्रदेश अस्पतालमा, नगर तथा गाउँघरको सरकारी स्वास्थ्य कार्यालयमा औषधिहरू पर्याप्त मात्रामा उपलब्ध छैनन् किन ?
८. मधेस प्रदेशमा विनियोजित रकमहरू किन खर्च भइरहेको छैनन् ?
९. अस्पतालमा अस्ति मोबाइलमा कुरा गर्नुभयो को व्यक्तिसँग कुन व्यक्तिसँग कुराकानी गरेर त्यसको नाम सार्वजनिक किन गर्नुभएन ?
१०. कानुन विपरीत निजामती कर्मचारीको सरुवा बढुवा चलखेल भइरहेको किन ?
११. मधेस प्रदेशमा दाइजो प्रथाको कारण दिनप्रतिदिन हाम्रा चेलीहरु अनाहकमा ज्यान किन गुमाउन बाध्य छन् ?
१२. मधेस प्रदेशमा राजस्व संकलन किन भइरहेको छैन ?
१३. मधेस प्रदेशमा रहेका र अहिले बनाएको मन्त्रालयहरू व्यवस्थापन किन छैन ?
१४. मधेस प्रदेश सरकारले अहिलेसम्म गरेको काम कर्तव्यको प्रगति प्रतिवेदन सार्वजनिक किन गरेनन् ?
१५. गरिब, दिनदुखी, कमजोर आय भएका कमैयाहरु खान पाइरहेको छैन त्यसको व्यवस्थापन कहिले र त्यसको पूर्ण स्थापना कहिले हुन्छ ?
१६. मधेस प्रदेशमा किसानहरूले समय–समयमा रासायनिक मलखाद्य प्राप्त गर्दैन किन ?
१७. मधेस प्रदेश सरकारले खेती योग्य जग्गाहरूमा किसानहरुको लागि सिँचाइ व्यवस्थापन किन गरिरहेको छैनन् ?
१८. मधेसमा खानेपानीको शुद्ध व्यवस्था गर्नुपर्ने तर अझै गाउँघरमा बसोबास गर्ने नागरिकहरु शुद्ध खानेपानीबाट कहिले सम्म बञ्चित रहला ?
१९. आजभोलि गरिबहरूले सजिलो सँग बैंकबाट ऋण पाइरहेको छैन ? त्यसको कहिले व्यवस्थापन गर्ने ?
२०. मधेस प्रदेशमा अलपत्र रहेका योजनाहरूलाई कहिले सम्पन्न गर्ने हो ?
२१. मधेस प्रदेशमा विश्वविद्यालय र गुणस्तरीय विद्यालयहरू कहिले बनाउने हो ?
२२. मधेस प्रदेशमा निष्पक्ष प्रतिस्पर्धा नगराई कमिसनको चलखेल गरेर विभिन्न राजनीतिक पदहरूमा नातावाद कृपावादलाई नियुक्ति परिपार्टी कहिले अन्त्य होला ?
२३. मधेस प्रदेश भित्र सरकारी डाक्टर कर्मचारीहरूले आ आफ्ना निजी प्राइभेट अस्पतालहरू सञ्चालन गरेकाहरु माथि कारबाही गरी पदमुक्त कहिले गर्ने हो ?
२४. मधेस प्रदेशमा भइरहेको दाइजो प्रथा तथा बालविवाहकाल कारण मृत्युलाई कहिले सम्म रोकथाम गर्ने हो ?
२५. मधेस प्रदेशको सबै जिल्लालाई समृद्ध घोषणा कहिले गर्ने हो ?
२६. मधेस प्रदेश सरकारका मुख्यमन्त्रीले आम जनतासँग उपभोक्ता समितिमा काम गर्न दलाल मार्फत लिइरहेको १० प्रतिशत कमिसन रकम कहिले बन्द गर्ने ?
२७. चालु आर्थिक वर्ष ०८१÷०८२ मा विनियोजित रकमहरूको कार्यक्रमहरू कहिले सम्म सञ्चालनमा आउने तथा त्यसको जिम्मेवारी कसले लिने हो ?
२८. मधेस प्रदेशको सरकारी अस्पतालहरूको डाक्टरहरूलाई राम्रोसँग व्यवस्थापन र योग्य सक्षम अनुभवी कहिले ल्याउने हो ?
२९. निजी अस्पतालहरूमा काम गर्न सरकारी अस्पतालका डाक्टरहरुलाई कारबाही नगर्ने जताततै गएर सस्तो लोकप्रियता कमाउन चेकजाँच गरी नौटंकी मात्र गर्ने आफ्नो सरकारी अस्पतालहरूलाई व्यवस्थापन कहिलेसम्म गर्ने हो ?




प्रतिक्रिया