काठमाडौं, २१ फागुन । परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन् । आगामी चैत ४ देखि ६ गते (मार्च १७–१९ तारेख) मा आयोजना हुने रायसिना डायलगमा सहभागी हुन उनी भारत जाने भएकी हुन् । सो क्रममा परराष्ट्रमन्त्री डा.राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । यसक्रममा उनले नेपालमा हुने सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई निमन्त्रणा दिने बताइएको छ ।
भारतका लागि नेपालका राजदूत डा.शंकर शर्माले भारतीय विदेश सचिव विक्रम मिस्रीसँग भेटेर प्रधानमन्त्री मोदी र परराष्ट्रमन्त्री राणाबीच भेटवार्ताको समय मिलाइदिन आग्रह गरिएको बताइएको छ । नेपालमा आगामी जेठ २ देखि ४ गतेसम्म सगरमाथा संवाद हुँदैछ ।
यो पनि पढ्नुहोस्ः छिटोभन्दा छिटो भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सक्छः एमाले नेता भट्टराई




प्रतिक्रिया