उर्जामन्त्रीले सुनाए कुलमानले कार्यसम्पादनमा ‘शून्य’ पाउनुको कारण, हटाउने तयारी नरहेको दाबी


काठमाडौं, २१ फागुन । उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङले निर्धारित समयभन्दा ढिला कार्यसम्पादन बुझाएकाले शून्य अंक पाएको बताएका छन् । आज (बुधबार) तनहुँमा सञ्चारकर्मीहरुसँग कुराकानी मन्त्री खड्कायले यस्तो बताएका हुन् । उनले ‘परीक्षामा विद्यार्थी सहभागी नहुँदा के हुन्छ ?’ भन्दै सञ्चारकर्मीहरुलाई प्रतिप्रश्नसमेत गरेका थिए ।

साथै, सरकारले प्राधिकरणका एमडीलाई हटाउन कुनै चलखेल नगरेको र नगर्ने मन्त्री खड्काको भनाइ छ । कुनैपनि कर्मचारीलाई हटाउनुपर्ने अवस्थामा सरकारले चलखेल गर्नै नपर्ने उनले बताए । आवश्यकताअनुसार कर्मचारी राख्न र हटाउन सक्ने अधिकार सरकारलाई रहेको बताउँदै उनले अहिले कुलमानलाई हटाउने सरकारको कुनै तयारी नरहेको बताए । मन्त्री खड्काले प्राधिकरणमा रहेर राम्रो काम गर्नेलाई पुरस्कृत र गलत गर्नेलाई दण्डितसमेत गरिने बताए । File Photo/RN