काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरका मेयर बालेन शाहको पुख्र्यौली थलोमा भव्य स्वागत गरिएको छ ।
जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका क्रममा महोत्तरीको एकडारा गाउँपालिका पुगेका प्रचण्डलाई त्यहाँका अध्यक्ष लगायतका जनप्रतिनिधिले स्वागत गरेका हुन् ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका बालेनको पुख्र्यौली गाउँ हो । गाउँपालिकाका हालको २ नम्बर वडामा उनी जन्मिएका थिए ।
कार्यक्रम भएको स्थल काठमाडौ महानगरपालिका प्रमुख बालेन्द्र साहको पुर्ख्यौली घर हो, जो हाल गाउँपालिकाले भाडामा प्रयोग गरिरहेको छ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत आज प्रचण्ड बालेकोको पुर्ख्यौली घरमा पुगेको उनको सचिवालयले जनाएको छ ।







प्रतिक्रिया