काठमाडौं । नेपाल बार एशोसिएशनको आसन्न निर्वाचनमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन भएको छ ।
अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइराला उम्मेदवार बन्ने भएका हुन् । मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्। कोइराला कोशीका पूर्व मुख्य न्यायाधीवक्ता हुन् ।
नेपाल बारको नयाँ पदाधिकारी चयनका लागि आगामी चैत २३ गते निर्वाचन हुँदैछ । निर्वाचनमार्फत २५ सदस्यी कार्यसमिति चयन हुनेछ ।
आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
२५ सदस्यीय कार्यसमितिमा कांग्रेसले अध्यक्षसहित १२ र एमालेले महासचिवसहित १३ पद लिएको छ । अन्य उम्मेदवार भने टुंगिएका छैनन् ।
नेपाल कानुन व्यवसायी परिषद्को पार्षद्,सर्वोच्च अदालत बार एशोसिएशनको पदाधिकारी चयनका लागि हालसालै सम्पन्न भएको निर्वाचनमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठन गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी संगठन नेपाल (आरपीएलएएन), एमालेनिकट कानुन व्यसायीहरुको संगठन पीपीएल र अन्य संगठनबीच तालमेल भएको थियो । नेपाल बारको निर्वाचनमा सोही गठनबन्धन व्युँतिने बताईएपनि माओवादी निकटले एमालेलाई अध्यक्ष नदिएपछि कुरा नमिलेको बताईएको छ ।
यो पनि नेपाल बारको निर्वाचनमा सत्तारुढ दलका शीर्ष नेताहरुको चासो, बालुवाटारमै चल्यो छलफल




प्रतिक्रिया