राष्ट्रिय सभामा माओवादीले सोध्यो- प्रधानमन्त्रीज्यू तपाईंको नम्बर गतिलो आएन, सरकारी अफिस कहिले छाड्ने ?


काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेणु चन्दले सरकारले कार्यसम्पाद मुल्यांकनमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई शून्य नम्बर दिएको भन्दै आपत्ति जनाएकी छन् ।

बिहीबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद चन्दले कुलमानलाई शून्य अंक दिएर हटाउने प्रपञ्च रचेको सरकारका प्रधानमन्त्रीको पनि खासै राम्रो नम्र नआएको भन्दै प्रधानमन्त्ती केपी शर्मा ओलीले कहिले सरकार छाड्ने भन्दै प्रश्न गरिन् ।

‘सरकारले कार्यसम्पादनमा कुलमानलाई शून्य अंक दिएछ । हामीले सुनेका छौं । सरकार र प्रधानमन्त्रीको पनि खासै गतिलो नम्बर छैन् । उहाँले कहिले सरकारी अफिस छाड्ने हो ? उहाँका केही मन्त्रीहरुको पनि रिजल्ट राम्रो आएन । उहाँका केही मन्त्री फेल हुनभयो । उहाँहरुलाई प्रधानमन्त्रीले कहिलो निकाल्ने हो ? जानकारी पाउँ । उहाँहरुलाई सरकारले स्पष्टीकरण माग्छ कि माग्दैन । जानकारी पाउँ । सरकारले सदनलाई जानकारी देओस्’ उनले भनिन् ।