काठमाडौं । सरकारका प्रवक्ता,सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने संख्या नपुग्दैमा विपक्षी दलहरुले भावनात्मक कुरा गरेको टिप्पणी गरेका छन् ।
बिहीबार राष्ट्रिय सभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश९२०८१ लाई अस्वीकृत गरिओस् भन्ने सांसद गोपीबहादुर अछामी सार्कीले राखेको प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री गुरुङले लोकतान्त्रिक विधि र पद्धति अनुसार सरकारले अध्यादेश ल्याएको बताए । उनले अध्यादेश ल्याउनै हुन्न भन्ने विपक्षीको तर्कको कुनै तुक नभएको बताए ।
‘अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार हो । त्यही संवैधानिक अधिकार प्रयोग गरेर माननीय सदस्यहरु संसद्मा आउनु भएको छ । छलफमा हुनुहुन्छ । अध्यादेशको प्रस्ताव अस्वीकृत गर्नसक्ने संख्या पुगेन भन्दैमा भावनात्मक तर्क गर्न खोज्नुको कुनै तुक छैन । अध्यादेशको कन्टेन्टमाथि छलफल हुनुपथ्यो । यसलाई किन अस्वीकार गर्ने यस बारेमा छलफल हुनपर्ने । तर, अस्वीकार गर्नपर्ने कारणबारे औचित्य यहाँहरुले पुष्टि गर्न सक्नु भएन । तपाईहरुले भन्न सक्नुपर्यो । यो यो बुँदामा हाम्रो सहमित छैन् भनेर तर, तपाईहरुले आफैंले राखेको अस्वीकारको प्रस्तावको औचित्य पुष्टि गर्न सक्नुभएन्’ उनले भने ।




प्रतिक्रिया