काठमाडौं । राष्ट्रिय सभाबाट सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पारित भएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद गोपीबहादुर अछामी सार्कीले राखेको अध्यादेश अस्वीकृतीको प्रस्ताव बहुमतले अस्वीकार गर्दै सो अध्यादेश पारित गरेको हो । यो अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।




प्रतिक्रिया