पानीजहाज चढेर आएको भूमि अध्यादेश समुन्द्रमा खसेर मर्‍यो, हाम्रो लागि खुसीको कुरा होः सांसद मगर


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार आलेमगरले सरकारले ल्याएको ६ वटा अध्यादेश पानीजहाज चढेर आएको भन्दै व्यंग्य गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा सरकारले स्वीकृतीका लागि पेश गरेका अध्यादेशबारे बोल्दै आलेले पानीजहाज चढेर आएको ६ वटामध्ये भूमि सम्बन्धी अध्यादेश समुनद्रमा झरेर मरेको टिप्पणी गरे ।

‘सरकारले ६ वटा अध्यादेश जारी गरेको थियो । पानीजहाज चढेर आएका ती अध्यादेशमध्ये एउटा भूमि अध्यादेश बाटैमा झरेर समुन्द्रमा खसेर मरेछ । सरकारलाई यसमा दुख लाग्ला तर, हाम्रो लागि यो खुसीको कुरा हो । मध्यरातमा बनेको गठबन्धन र मध्यरातमा भएको छलफलले पाँच वटा अध्यादेश अघि बढाउने सहमति गरेछ । त्यो सहमतिमा के के खिचडी पाक्यो ? । थाहा छैन् । तर, अध्यादेश अघि बढ्यो’ उनले भने ।