राष्ट्रिय सभामा धमाधम पारित हुँदै अध्यादेश


काठमाडौं । राष्ट्रिय सभाको बैठक जारी छ । दिउँसो सवा एक बजेबाट सुरु भएको बैठकमा पाँच वटा अध्यादेश निर्णयार्थ पेश हुने कार्यसूची छ ।

जारी बैठकमा सरकारले जारी गरेको अध्यादेश धमाधम पारित हुँदैछ । राष्ट्रिय सभाले हालसम्म सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश -२०८१ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश -२०८१ बहुमतले पारित गरेको छ ।

सुशासन अध्यादेशमा गोपीबहादुर सार्की अछामी र आर्थिक कार्यविधि सम्बन्धी अध्यादेश सांसद वेदुराम भुसालले अस्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । सो दुवै प्रस्ताव बहुमतले अस्वीकृत भयो । बहुमतले क्त प्रस्ताव अस्वीकृत हुँदै दुवै प्रस्ताव सदनबाट स्वीकार भएको छ ।

सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरिओस् भनुने प्रस्ताव राखेका थिए ।

यो अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।