अध्यादेश जारी गरेर संसद् बोलाउने नयाँ परम्पराको थालनी भयो: सांसद सुवेदी


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद झक्कुप्रसाद सुवेदीले अध्यादेश जारी गरेर सदन बोलाउने नयाँ थालनीको सुरुआत वर्तमान सरकारले गरेको टिप्पणी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ लाई अस्वीकृत गरिओस् भन्दै सांसद गरिमा साहले राखेको प्रस्तावमाथि समर्थन जनाउँदै सुवेदीले वर्तमान सरकारले नयाँ थालनी गरेको बताए ।

‘यदि सरकारलाई चित्त बुझ्दैन भने त्यस्तो कुरा प्रतिपक्षीले गर्न पाईंदैन् । आज यो कुरा परिभाषित भयो । यसबारेमा पछि बोलौंला । तर, सरकारले सदन नहुँदा अध्यादेश ल्याएको भनेर भनिरहनु भएको छ । पुस २९ गते यो अध्यादेश आयो । माघ ८ मा संसद् अधिवेशन आह्वान भयो । अध्यादेश जारी गरेर सदन बोलाउने यो सरकारले नयाँ थालनीको सुरुऋात गर्यो । सरकारले शासकिय उन्माद देखयो । शासकीय उन्मादले गर्दा संवैधानिक व्यवस्थाको दुरुपयोग गरियो’ उनले भने ।