राष्ट्रिय सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ पनि स्वीकृत


काठमाडौं । राष्ट्रिय सभाको बैठकले निजीकरण (पहिलो संशोधन) अध्यादेश-२०८१ पारित गरेको छ ।

जारी बैठकमा सांसद मदनकुमारी शाह ‘गरिमा’ ले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो अध्यादेश पारित गरिओस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सत्तापक्षका सांसदको बुहमतले स्वीकृत गर्यो ।

यसअघि सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन प्रवर्द्धन तथा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी अध्यादेश स्वीकृत गरिओस् भन्ने प्रस्ताव राखेका थिए । सो अध्यादेश पनि पारित भइसकेको छ ।

यी सबै अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।