राष्ट्रियसभा अपडेट: लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पारित


काठमाडौं । राष्ट्रिय सभाको बैठकले आर्थिक तथा व्यावसायिक सुधार र लगानी अभिवृद्धि सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१ पारित गरेको छ ।

जारी बैठकमा सांसद गंगा बेल्बासे क्षेत्रीले राखेको अध्यादेश अस्वीकृतको प्रस्ताव बहुमतले अस्वीकार गरेको छ । सरकारको तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो अध्यादेश पारित गरिओस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सत्तापक्षका सांसदको बुहमतले स्वीकृत गर्‍यो ।

यसअघि राष्ट्रिय सभाले अन्य तीन वटा अध्यादेश पारित गरेको थियो भने, आजकै बैठकले सहकारी सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश-२०८१, पनि स्वीकृत गर्ने कार्यसूची छ ।

यी सबै अध्यादेश हिजो प्रतिनिधि सभाबाट पनि बहुमतले पारित गरेको थियो ।