काठमाडौं, २२ फागुन । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले सरकारले भूमिसम्बन्धी अध्यादेश हाललाई मुल्तबीमा राखिएको बताएका छन् । आज (बिहीबार) मकवानपुरको मनहरी गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिइएको र केही समयपछि सही ढंगले निकास पाउने बताएका हुन् ।
भूमिहीन जनताले जग्गा पाउनुपर्छ भन्नेमा आफूहरु स्पष्ट रहेको उनले बताए । ‘भूमिसम्बन्धी अध्यादेश मुल्तबीमा राखिएको मात्र हो । जनताले जग्गा पाउने बिषय कुनै पनि हालतमा मुल्तबीमा राखिरहनु हुँदैन भन्नेमा हामी स्पष्ट छौं,’– उनले भने ।
साथै, उनले आगामी २०८४ को चुनाव सम्झेर बर्तमान अबसरलाई खेर फाल्न नहुने बताए । कांग्रेसले प्राप्त गरेको उपलब्धिको अधिकतम् प्रयोग गर्नुपर्ने बताए । File Photo/RN




प्रतिक्रिया