काठमाडौं, २३ फागुन । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१’ पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।




प्रतिक्रिया