काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पाद मुल्यांकनमा आफू फेल नभएको दाबी गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ७ अंकमात्र पाएपछि चौतर्फ आलोचना भोगिरहेका मन्त्री दाहालले आफू फेल नभएको कमजोर नरहेको जिकिर गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर, कमजोर नभएको बताए । ‘पूर्व–पश्चिम, उत्तर दक्षिणका राजमार्ग बन्दै छ । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ, तीन सय बढी किमि कालोपत्रे भएको छ । हामी रेलको कुरा गरिरहेका छौं । सरकारले यस अवधिमा एक किलोमिटर रेलमार्गको लक्ष्य राखेको थियो । तर, तीन किमि लिग निर्माण भएको छ । तर, म अलिकति स्मार्ट लाईसेन्स वितरणमा कमजोर देखिए । मैले पुस मसान्तसम्म ९ लाख स्मार्ट लाइसेन्स वितरण गर्छु भनेको थिएँ । तर, हालसम्म १ लाख ६९ हजार भन्दा बढी लाइसेन्स वितरण गरेका छौं । यसमा म अलि हौसिएछु’ उनले भने ।
ग्वार्को फ्लाई ओभरमा पनि हौसिएको मन्त्री दाहालको भनाइ छ । “ग्वार्को फ्लाई ओभरमा अलिक हौसिएछ । ईपीसी मोडलमा बनाउन थालेका रहेछौँ । पुसमै सम्पन्न गर्ने भनिएकामा प्राविधिक कुरा आयो,” उनले भने ।
मन्त्री दाहालले राजमार्गहरूमा अपेक्षित सफलता हासिल गरिएको बताए । सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रू गरिएको, माघ १७ सम्ममा ३७ पुल बनाउने भनिएकामा ४१ बनाइएको भन्दै उनले थप प्रगति विवरण पनि सुनाए ।




प्रतिक्रिया