सवारी दुर्घटना विमाको क्षतिपूर्ति रकम समयमै भुक्तानी नपाएको भन्दै यातायात व्यवसायीहरुको आपत्ति (भिडिओसहित)


काठमाडौं, २३ फागुन । यातायात क्षेत्रका लागनीकर्ता तथा व्यवसायीहरुले सवारी दुर्घटना विमाको क्षतिपूर्ति वापतको रकम समयमै भुक्तानी नभएको भन्दै आपत्ति जनाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले मन्त्रालय, विभाग, संघीय सरकार, र प्रदेश सरकारका सबै काम कारर्बाही अत्यन्तै कष्टकर भएको र विमावापतको भुक्तानी समयमै नपाएको बताएका हुन् ।

नेपाल राष्ट्रिय यातायात सेवा प्रा.लिका अध्यक्ष, यातायात महासंघको संस्थापक एवं महासचिव होमप्रसाद अधिकारीले ५/६ महिना वित्दा पनि यातायात क्षेत्रका सामान्य कामसमेत सरकारी निकायबाट नहुने अवस्था रहेको बताए । प्रजातन्त्रिक सरकारले जनताको हितमा राम्रो काम गरोस् भन्ने आफूहरुको अपेक्षा रहेको उनले बताए ।

काममा ढिला सुस्ती र भ्रस्टाचारमा व्यापक वृद्धि हुदाँ सो हटाउनु पर्ने, कालिमाटीमा तरकारी र फलफूल ओसारपसार गर्ने व्यवसायीहरूले पेट्रोलबाट चल्ने कार्गो भ्यानको सट्टा विद्युतीय भ्यान सञ्चालन गरिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, २० वर्ष पुराना सवारी साधन सञ्चालनमा समस्या देखिएको भन्दै उनीहरुले जनस्वास्थ्यलाई असर नपर्ने र वातावरण मैत्री विद्युतीय सवारी साधन चलाइनुपर्ने, बैंकको मौद्रिक नितिमा यातायात क्षेत्रमा वैंक वित्तिय संस्थाको कर्जा निति यथावत राख्नुपर्ने, साथै राष्ट्र बैंकबाट हालै जारी गरिएको मौद्रिक नीतिमा पूर्ववत रुपमा २० प्रतिशत नगद र ८० प्रतिशत कर्जा नीति तत्काललाई यथावत राख्नुपर्नेसमेत उनीहरुको माग छ ।