काठमाडौं, २३ फागुन । नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयन गर्न भएको मतदानको मतगणना सकिएको छ । एमाले मोरङको अध्यक्षमा अजम्बर राई निर्वाचित भएका छन् भने प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको समर्थन पाएका राजकुमार ओझा पराजीत भएका छन् ।
राई पक्षका पाँच जना पदाधिकारी विजयी भएको बताइएको छ । अध्यक्षमा निर्वाचित राईले ४४६ मत प्राप्त गर्दा ओझाले ४०७ मत मात्रै प्राप्त गरेका छन् ।




प्रतिक्रिया