आगामी निर्वाचनमा मन्त्रीकै क्षेत्रबाट चुनाव लडेर गुल्ट्याइदिन कुलमानलाई महावीरको सुझाव


काठमाडौं, २४ फागुन । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (एमडी) कुलमान घिसिङलाई आफूलाई शून्य अंक दिने मन्त्रीकै निर्वाचन क्षेत्रबाट चुनाव लड्न सुझाव दिएका छन् । उर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले उनको कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिएको थियो । मन्त्री दीपक खड्का र प्राधिकरणका एमडी घिसिङबीच अहिले पनि प्रष्टरुपमा टसल देख्न सकिन्छ । घिसिङलाई मन्त्रिपरिषद्ले नै ‘पदबाट किन नहटाउने ?’ भनी स्पष्टीकरण सोधिसकेको छ ।

सोही प्रसंग उल्लेख गर्दै महावीरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुलमान घिसीङलाई ० नम्बर दिने सचिव र सहसचिवको टोलीलाई मैले –९९ अर्थात माइनस ९९ नेगेटिभ नम्बर दिन्छु। त्यसता बिबेकहिन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन। अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु ।’ File Photo/RN