काठमाडौँ, २४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवं जनवर्गीय सङ्गठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन् ।
प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उनले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए । ‘बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ । बलियो सरकार भएकै बेला काम गर्न सकिएन भनेपछि गर्न सकिँदैन,’– उनले भने ।
नेता ढकालले सरकार दुईपटक ढल्ने बताए । ‘एक पटक २०८३ असारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्छ,’– उनले भने ।
दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताए । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उनले आग्रह गरे ।




प्रतिक्रिया