काठमाडौं, २४ फागुन । खानेपानी मन्त्री प्रदीप यादवले मोरङको पथरीशनिश्वरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास गरेका छन् । आयोजनाको शिलान्यास गर्दै मन्त्री यादवले मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवालाई प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने अठोट लिएको बताए । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबैको एकताबद्ध सहभागिता आवश्यक रहेको पनि उनको भनाइ छ ।
पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल पूर्वाधार निर्माणको घोषणा मात्र नभएर सरकारको प्रतिबद्धताको प्रतीक रहेको पनि उनले बताए । उनले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले देशभरका नागरिकलाई स्वच्छ पानीको पहुँच पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी गराए ।
मन्त्रालयले खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन तथा पूर्वाधार विस्तार गर्दैआएको उनको भनाइ छ ।










प्रतिक्रिया