रोजिना प्रधान ‘जय जानकी अन्तर्राष्ट्रिय सम्मान’द्वारा सम्मानित


काठमाडौं, २४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीकी उपाध्यक्ष रोजिना प्रधान राई जय जानकी अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छिन् । उनलाई अन्तर्राष्ट्रिय महिला दिवस–२०२५ को शुभ अवसरमा आज मधेसी पत्रकार समाजद्वारा प्रदान गरिने उक्त अवार्ड प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा नेकपा (एमाले) की नेतृ तथा सांसद जुलीकुमारी महतो, सांसद रञ्जु ठाकुर, मानवअधिकारकर्मी मोहना अन्सारीलगायतको उपस्थिति रहेको थियो ।