कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्न नसकिने परिस्थिति सृजना हुन लाग्योः राजेन्द्र लिङ्देन


काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको आर्थिक अवस्था कमजोर भएकामा चिन्ता व्यक्त गरेका छन् । आज पर्साको वीरगञ्जमा राप्रपाले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था कमजोर बनेकामा चिन्ता व्यक्त गरेका हुन् ।

मुलुकभरबाट सङ्कलन भएको राजस्वले राष्ट्रसेवक कर्मचारीलाई तलबभत्ताको व्यवस्था गर्ननसक्ने परिस्थिति सृजना हुन लागेकामा चिन्ता व्यक्त गर्दै उनले विदेशी दातृ निकायसँग ऋण लिनुपर्ने अवस्था उत्पन्न हुन लागेको बताए ।

एक दशक अघिसम्म मुलुकको बाह्य र आन्तरिक ऋण सात खर्बको हाराहारीमा रहेकामा हाल त्यो २६ खर्ब नाघेको उनले बताए । File Photo/RN