काठमाडौं, २४ फागुन । पार्टीको तराई–मधेश जागरण अभियानअन्तर्गत रौतहटको लौकहीमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो तौल बराबरको लड्डु बाड्ने कार्यक्रम अस्वीकार गरेका छन् । आज (शनिबार) लौकहीमा आयोजित समारोहका बीच त्यहाँ प्रचण्डको तौल बराबरकै लड्डु बाँड्ने तयारी गरिएको थियो । तर, प्रचण्डले त्यसो गर्न राम्रो नहुने भन्दै सो कार्यक्रम अस्वीकार गरेका हुन् ।
कार्यक्रमको अन्तिममा उपस्थितहरुलाई जानकारी गराउँदै प्रचण्ड आफैंले भने, ‘साथीहरुले मलाई हिजो पनि भन्नु भएको थियो लड्डु बाँड्ने कार्यक्रम भनेर । साथीहरुले बडो नयाँ ढंगले सोचेर यहाँ एकछिन अगाडि तराजु राख्नु भएको थियो । मलाई त्यो तराजुमा जोख्ने, अनि मेरो तौल बराबरको लड्डु बाँड्ने । मैले त्यसलाई यसो गर्न हुँदैन, यसले राम्रो हुँदैन भनेर रोकेँ । तर मैले के रोकेको होईन भने जनताको लड्डु खान पाउने अवसरलाई रोकेको होईन ।’




प्रतिक्रिया