काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौंका लागि हिँडेका छन् ।
समीट एयरको जहाजमार्फत ज्ञानेन्द्र काठमाडौंका लागि उडेका हुन् । उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका छन् । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको हो ।
काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गर्ने तयारी गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइसकेका छन् ।
उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्।
अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्याउन र्याली आयोजना गरिएको ती दलहरुले उल्लेख गरेका छन्।




प्रतिक्रिया